थप ४९६१ जनामा कोरोना पुष्टि, संक्रमण कै कारण ३ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । 
बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here