एमाले महाधिवेशन; चुनाव भए पुर्व माओवादी केन्द्रका नेताहरुको पद असुरक्षित हुने

नेकपा एमालेको १० औ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति केही पदमा मतदान हुँदैछ । 

केपी ओलीले पदाधिकारीमा गरेको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी परेका छन् । ओलीविरुद्ध भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

नेकपाभित्र बौद्धिक नेताको रुपमा परिचित घनश्याम भुसालले उम्मेदवारी दिँदा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा असुरक्षित बनेका छन् । महाधिवेशनमा आएका अधिकांश प्रतिनिधि ओली पक्षीय रहेकाले थापा विजयी हुने संस्थापन पक्षको विश्वास छ । 
माक्र्सवादको व्याख्याताको रुपमा परिचित भुसालले उपाध्यक्षका लागि कार्यकर्तासँग भोट मागिरहेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलभन्दा उपाध्यक्षमा उम्मेदवारी दिएका भुसालले धेरै मत पाउने सम्भावना रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । महाधिवेशनमा २१५३ प्रतिनिधि सहभागी छन् । 

ओलीले गरेको प्रस्तावमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले समर्थन गर्ने एक पूर्व स्थायी कमिटी सदस्यले बताए । यस्तै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिँदा सचिवमा प्रस्तावित टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि असुरक्षित छन् । 
‘ओलीको प्रस्तावको विपक्षमा सचिवमा उम्मेदवारी दिएका आचार्य र कार्की घनश्याम भुसाल जस्तो अलग्गै पहिचान बनाएको नेता नभएका कारण थापाको तुलनामा रायमाझी र भट्ट सुरक्षित नै हुनुहुन्छ,’ ती सदस्यले भने । 
सौराहामा असन्तुष्ट समूहका भुसालले प्रचारप्रसार तीव्र बनाएका छन् । कोरोना संक्रमण पुष्टि भएका भीम आचार्यले उम्मेदवारी दिएर आइसोलेसनमा बसेका छन् । कार्कीले भने प्रतिनिधिसँग भोट मागिरहेका छन् । 
नयाँ नेतृत्व चयनका लागि सोमवार राति मतदान हुँदैछ । शुक्रवार शुरू भएको महाधिवेशन आइतवार नै समापन गर्ने कार्यतालिका रहेकोमा पदाधिकारीमा सहमति जुट्न नसक्दा एक दिन लम्बिएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here