वार्षिक राजदूत शिविर सम्मेलन २०७८ सम्पन्न; रुबिभ्याली ५, लापा

धादिङ । कार्तिक १७ गते देखि १९ गते सम्म आयोजित वार्षिक राजदूत शिविर सम्मेलन २०७८ , रुबिभ्याली – ५ लापा सायन मण्डलीमा संचालित शिविर सम्पन्न भएको छ । जस्मा रुबिभ्याली ५ र ६ का १५ सय भन्दा बढी इसाई धर्मावलम्बीहरुको सहभागीता रहेको लापाका धार्मिक अगुवा सुमन घले ले बताए ।

अघिल्ला बर्षहरुमा झै सम्मेलनमा काठमाडौ बात मुख्य बक्ता पास्टर हरि तामाङको नेतृत्वमा ६ जनाको टोलि लापा इसाई समाजको अध्यक्ष दावा तामङको समन्वयमा शिविरमा आएको घले ले बताए ।

उक्त शिविरमा विभिन्न किसिम धार्मिक, आत्मिक बिषयमा प्रबचन कर्ताहरुले महत्त्वपूर्ण भनाइहरु राख्नुका साथै चङ्गाई समारोह समेत संचालन गरिएको सुमन घले ले होराईजन खबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here