तामाङ पत्रकार सघं धादिङको अध्यक्षमा ३ उमेदवारको दाबी; प्रमुख अतिथिमा जगत सिम्खडा

कार्तिक – १३, तामाङ पत्रकारहरुको साझा सगंठन तामाङ पत्रकार सघं धादिङको तेस्रो अधिबेशन आज हुने भएको छ । उक्त समारोहको उद्घाटन एबं प्रमुख अतिथि प्रदेश सासंद जगत सिम्खडाले गर्नु हुने भएको छ ।

साथै अध्यक्षमा ३ उम्मेदवारहरु द्वारा दाबी गरिएको छ जस्मा हालको जिल्ला सचिव एबं रेडियो कर्मी सन्दीप तामाङ, रेडियो बिहानीका सञ्चार कर्मी एबं होराइजन खबरका उप- सम्पादक नीर तामाङ , एबं होराईजन सम्बाददाता सुर्य तामाङ ।

राष्ट्रिय रुपमा नै क्रियाशिल तामाङ पत्रकारहरुको साझा सगंठन ‘तामाङ पत्रकार सघं’ ले लामो समय देखि तामाङ पत्रकारहरुको हकहितको निमित्त काम गर्दै आइरहेको छ । यद्यपि धादिङको सन्दर्भमा प्रभावकारी ढंगले बद्न नसकिएको अघिल्ला स्वयम नेतृत्वहरु नै बताउन्छ्न । अब बन्ने नया कार्यसमितिले यश सस्थालाई गतिशील रुपमा अगाडि बढाउन सक्षम हुनेछ्न भन्ने बिश्वास जिल्लाका सम्पुर्ण तामाङ पत्रकारहरुले गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here