नेपाली टोली र इन्डोनेसिया बिच आज मैत्रीपूर्ण खेल हुने !

कार्तिक – ५ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३ टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारीका लागि समय छोटो भएको भनेर गुनासो गरेका थिए । नेपाली युवा टोलीले ताजकिस्तान जानुअघि शहीद स्मारक ‘ए’ डिभिजन लिगको नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोली मंगलबार ताजकिस्तान प्रस्थान गरेको थियो । 

प्रशिक्षक महर्जनले ताजकिस्तान जानुअघि सबै टोली एकै ठाँउमा बसेर अभ्यास गर्न नभएको बताएका थिए । यु–२३ टोलीमा राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गरिएको छ । उनीहरु माल्दिभ्सबाट साफ च्याम्पियनसिप खेलेर नेपाल फर्किएको भोलिपल्ट नै ताजकिस्तान गएका थिए ।
छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले ताजकिस्तान, लेबनान र इरानसँग प्रतिस्पर्धा गर्नेछ । छन् । नेपालले कात्तिक ८ गते इरान, ११ गते आयोजक ताजकिस्तान र १४ गते लेबनानविरुद्ध खेल्नेछ । 

प्रतियोगितामा ११ समूहको विजेता टोली र चार उत्कष्ट उपविजेता टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप खेल्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here