नेपालगञ्जबाट मुगु जाँदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्यु !

नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपनेखोलामा दुर्घटना भएको हो । 

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । ‘७० जना यात्रु थिए भन्ने कुरा आएको छ,’ उनले भने, ‘घाइतेहरूको उद्धार कार्य जारी छ, हेलिकप्टर पनि मगाएका छौं । मुगुमा रहेको प्लेन पनि घाइतेहरूलाई अस्पताल लैजानका लागि रोकिएको छ ।’
बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले  जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here