मेरो अस्तित्वलाइ भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर, कि मेरो अपमान गर्ने शास्त्रका पानालाइ च्यात्ने या जलाउने साहस गर, कि मेरो रक्तनलीमा पानी भर, कि मेरो दिमागको फोहोर सफा गर, कि मलाइ जनावरसँग बाँध र घाँस खुवाउने आँट गर, कि तिमी आफुलाइ जनावरभन्दा फरक पार्ने साहस गर, कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर, कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर ।
– कवि आहुति
यहीँ विषयवस्तुसँग अत्यन्त मेल खाने सन्दर्भ भएको छ, रुबी भ्याली गाउँपालिका वडा नं-५, लापामा । विगत ४ वर्षदेखि (स्थानीय तहको निर्वाचन पश्चात् ) प्रत्येक वर्ष हिन्दुहरुको महान पर्व दशैको अवसर पारेर फुटबल खेलको आयोजना विभिन्न संघ संस्था तथा विभिन्न निकायको सहयोगमा हुँदै गर्दा गाउँपालिकाले प्रत्येक वर्ष ५-१० लाख रकम खेलकुद लगायत अन्य बिषयमा छुट्याउँदा पनि वडा नं ५ को लागि कहिल्यै पनि आर्थिक सहयोग नगरिनु आत्मघाती निर्णय हो भन्ने मेरो ठम्याइ हो।
आम युवाहरू बडो हर्ष उल्लासका साथ खेलमा सहभागी भइरहेको अवस्थामा पालिकाको राज्य संचालक प्रमुखबाट बेवास्ता गर्नु कति गैर जिम्मेवार ? निर्लज्ज व्यवहार प्रदर्शन गर्नु र सबै खेलप्रेमी युवाहरुको भावना माथि कुठाराघात गर्नु होइन र ?
हाल रुबिभ्याली वडा न. ५ मा दोश्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता भैरहेको छ । साथै उक्त खेलको प्रथम पुरस्कार ५० हजार हाल सम्म कै वडा न ५ को प्रतियोगिता मध्य पनि उच्च रकमको पुरस्कार हो । जस्ले गर्दा छिमेकी पालिका सगै छिमेकी जिल्ला गोर्खा बाट समेत खेलमा सहभागी हुन आएका छन । यस्तै द्वितीय र तृतीयलाई समेत उचित पुरस्कार र मेडल तथा सिल्डहरुको ब्यवस्था गरिएको छ । जस्ले गर्दा सहभागीहरु अत्यन्तै उत्साहित र उत्प्रेरणाका साथ खेल प्रदर्सन गरिरहेका छन ।
उक्त खेल प्रतियोगिताको सहयोगी दाताहरु :
ध्रुब बिक्रम मल्लको सहयोगमा सिल्ड / मेडल, अखिल नेपाल फुटबल संघबाट ५ वटा फुटबल र १ सेट जाली साथै वडा अध्यक्षको व्यक्तिगत आर्थिक सहयोग एबं केही अन्य सहयोगी मनहरुले आर्थिक एबं अन्य आवस्यक सरसामान सहयोगमा सन्चालन भैरहेको छ ।
(रुबिभ्याली – ५ वडा अध्यक्ष धिराज तामाङ)