अन्तर्राष्ट्रिय धादिङ समाजको वार्षिक साधारण भेला तथा अधिबेशन सम्पन्न !

असोज – २४, धादिङ । अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा चैनपुर घर भई यूके बस्दै आएका राजन खकुराल चयन भएका छन् । आज सम्पन्न भएको समाजको भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा नीरु त्रिपाठी अष्ट्रेलिया, सरद शर्मा दाहाल अष्ट्रेलिया, दिपेश सिंखडा अष्ट्रेलिया, रामबाबु दनै जापान, राजेश्वर बस्नेत जापान, सुजाता दुवाडी जापान, महिन्दो वाईवा बेल्जियम, बिशाल तिवारी बेल्जियम चयन भएका छन् ।

निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा, सघिय सांसन धादिङ निर्वाचन क्षेत्र न २ का खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । साथै अधिबेशनमा धादिङका विभिन्न मुलुकमा रहेका १८ रास्ट्रका १३६ प्रतिनिधि तथा पर्यवेक्षकहरु भर्चुअल माध्यममा सहभागी भएका थिए ।

निर्वाचन समितिको सदस्य सचिव पुण्य रेग्मीले नव निर्वाचित कार्यसमितिलाई बिधानमा उल्लेख भए बमोजिमको ढाचामा सफत खुवाइएको बरिस्ठ उपाध्यक्ष दिनेश तामाङले होराईजन खबरलाई बताउनु भयो ।

अन्तर्राष्ट्रिय धादिङ समाजले बिदेशमा रहेका नेपालीहरुलाई समस्या, अप्ठ्यारो पर्दा साथै धादिङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, प्राकृति प्रकोप , कोभिड जस्ता समस्याहरुमा विभिन्न किसिमका आर्थिक, भौतिक सहयोग तथा राहत सामाग्रीहरु बितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here