धादिङ असोज -८
हाेराईजन संबादाता
धादिङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २० जना पुगेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लाभर आज १९ एण्टिजेन परिक्षण मध्ये २ पोजिटिभ आएको हो । संक्रमितहरु २० जना नै होम आइसोलेसनमा रहेका छन् ।
आज गजुरीमा ५ स्वाब संकलन भएको छ।