नेपालमा थप १,३८८ मा कोरोना भाइरस सङ्क्रमण, २४ जनाको मृत्यु

नेपालमा थप १,३८८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,७१४ पुगेको छ।

आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १०,२९७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,०३८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,२६० जना सङ्क्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here