नेपालमा कोरोना : घट्यो परीक्षणदर, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय २५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । यस्तै पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here