कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

अत्तरीया– कञ्चनपुरमा विद्यालयले चर्काेशुल्क असुलेको भन्दै अभिभावकहरु आक्रोेसित बनेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयले विद्यार्थीहरुबाट चर्काेशुल्क असुल्न थालेको भन्दै अभिभावकहरु आन्दोलीत बनेका हुन्।

विद्यालयका प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षको मिलोमितोमा विद्यार्थीहरुबाट अनावश्यक शुल्क उठाएको भन्दै बुधबार अभिभावकहरुले कार्यालय घेराउ गर्नुका साथै ज्ञापन पत्र बुझाउदै शुल्क घटाउन माग गरेका छन्। विद्यालयले चर्काे शुल्क असुल्न थालेको भन्दै केही महिना पहिले अध्यक्ष देब सिह कार्कीले प्रतिवद्धता जनाएपनि अझै शुल्क चर्काे लगाएपछि बुधबार अभिभावकहरुले ज्ञापन पत्र बुझाउदै चेतावनी दिएका छन्।

ज्ञापन पत्रमा भनिएको छ,–̒ यस्तो महामारीको बेला बिभिन्न बहानामा बिधार्थिहरुबाट अनावश्यक शुल्क उठाएर पढाई बाट समेत बञ्चित गराउने सम्मको व्यवस्थापन समितिको निर्णयले गर्दा हामि तपसिलका अभिभावक अत्यन्तै मार्कामा परेको कुरा जानकारी गराउन चाहन्छौं। अतः उक्त अनावश्यक शुल्क असुलीको निर्णय दिन ०३ भित्र फिर्ता लिन आग्रह गर्दछौं।ˮ
साथै विज्ञप्तिमा शुल्क फिर्ता नगरे सम्पुर्ण बिधार्थि, अभिभावक र स्थानीय जनताहरु कडा भन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here