कञ्चनपुरका नाका भएर एकै दिन १८ सय बाहिरीए

अत्तरीया–कोरोना भाइरसको संक्रमण दर कायमै रहेका बेला कञ्चनपुरका सिमानाका भएर भारत जाने क्रम बढेको छ। मंगलबार त्रिनगर र गड्डाचौकी नाका भएर १ हजार ८ सय ३ जना रोजगारीका लागी भारत गएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार त्रिनगर भन्सार नाका भएर एक हजार ७ सय ४४ जना र गड्डाचौकी नाका भएर ५९ जना भारत गएका छन्। त्यस्तै मंगलबार नै त्रिनगर नाका भएर १ सय ५० जना र गड्डाचौकी नाका भएर १ सय ३४ जना स्वदेश भित्रिएका प्रहरी कार्यालयले जनाएको हो। पछिल्लो समय भारत जानेको संख्यामा बृद्धी हुदै गएको पाइएको प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here