अन्तर्राष्ट्रिय खबर । इरान ले इजरायल माथि भीषण हवाई आक्रमण गरेको छ। विशेषगरी दक्षिणी सहर अरादमा प्रहार गरिएका क्षेप्यास्त्रका कारण ठूलो क्षति भएको बताइएको छ ।
इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी ८८ जना घाइते भएका छन्।
१० जनाको अवस्था गम्भीर
१९ जना मध्यम घाइते
५५ जना सामान्य घाइते
आक्रमणपछि बेन्जामिन नेतन्याहु ले यस घटनालाई “धेरै कठिन साँझ” भनेर प्रतिक्रिया दिएका छन्। उनले उद्धार टोलीको प्रशंसा गर्दै नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।
यसअघि अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हवाई हमला गरेपछि द्वन्द्व चर्किएको हो। सो आक्रमणमा अयातोल्लाह अली खामेनी सहित उच्च तहका व्यक्तिहरू मारिएको दाबी गरिएको छ।
युद्ध सुरु भएयता इरानमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ। साथै इस्माइल कानी ले शीर्ष नेताहरू मारिए पनि आफ्नो पक्ष कमजोर नहुने बताएका छन्।
इरान–इजरायलबीचको तनाव अझै चर्किँदै
प्रतिशोधात्मक आक्रमण जारी रहने संकेत
क्षेत्रीय युद्धको जोखिम बढ्दो






