धादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रुवी भ्याली गाउँपालिकाले ४९.६४ अंक प्राप्त गर्दै जिल्लाका १३ स्थानीय तह मध्ये ८औं स्थान हासिल गर्न सफल भएको छ ।
कठिन भौगोलिक बनावट, दुर्गम बस्ती र पूर्वाधारको सीमितताका बाबजुद गाउँपालिकाले सुशासन, सेवा प्रवाह र वित्तीय अनुशासनमा उल्लेखनीय प्रगति गरेको संकेत उक्त नतिजाले दिएको छ ।
स्थानीय सरकारको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै विकास निर्माण, पारदर्शिता र नागरिकमुखी कार्यक्रम कार्यान्वयनमा देखिएको सक्रियताले यो उपलब्धि सम्भव भएको जनाइएको छ ।
गाउँपालिकाले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिमा थप जोड दिने जनाएको छ ।






