काठमाडौं । बौद्धकी १८ वर्षीया साम्राज्ञी मोक्तानले १८ औँ मिस तामाङको उपाधि जितेकी छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरेकी हुन्।
विजेतासँगै मोक्तानले ‘मिस कन्फिडेन्ट’ र ‘भ्युअर चोइस’को उपाधि पनि हात पारिन्। उनले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन्। निर्णायकको प्रश्नमा उनले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक देशको रूपमा विश्वसामु चिनाउने आफ्नो धारणा प्रस्तुत गरेकी थिइन्।
इन्जिनियर बन्ने सपना बोकेकी मोक्तानले आगामी दिनमा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने बताएकी छन्। प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनरअप तथा सृष्टि थिङ तामाङ सेकेन्ड रनरअप बनिन्।






