सल्यानटार माविको ७५ औँ वार्षिक उत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारस्थित सल्यानटार माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव तथा अभिभावक भेला सहित हिरक जयन्ती तथा अमृत महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी, निवर्तमान गाउँपालिका अध्यक्ष श्री शम्भु थापा ज्यू विशेष अतिथि तथा यसै वडाका वडा प्रमुख श्री कृष्ण खत्री ज्यू विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।