नेपाली बजारमा सुन–चाँदीको मूल्य उच्चतम विन्दुमा: विश्वमा तनाव बढ्दै जाँदा भाउ उचाईमा

काठमाडौं, पुस २८ । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँले बढी हो। चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५५० डलर र चाँदी ८३ डलर नाघेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। विश्वव्यापी राजनीतिक तनाव र द्वन्द्वका कारण सुरक्षित लगानीको रूपमा सुन–चाँदीमा आकर्षण बढ्दा मूल्य उकालो लागेको बताइएको छ।