लापा सडकको पुस २९ गते उद्घाटन हुने

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाका वडा नं. ५ र ६ लाई जोड्ने लापा–खादिङ सडक अन्तर्गतको लापा सम्मको सडक खण्डको पुस २९ गते औपचारिक उद्घाटन गरिने भएको छ । उद्घाटनसँगै उक्त सडक खण्डमा सवारी साधन सञ्चालन हुने तयारी गरिएको छ ।

लामो समयदेखि दुर्गम भूगोलका कारण पैदल यात्रामै निर्भर रहँदै आएका स्थानीय बासिन्दाका लागि यो सडक सञ्चालनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । सडक सञ्चालन भएपछि यातायात, शिक्षा, स्वास्थ्य सेवा तथा कृषि उपजको बजारीकरण सहज भई लापा गाउँको समग्र सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।