काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७–२८ का लागि आह्वान गरेको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कि नीतिगत संकल्पमै सीमित रहने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। महामन्त्री थापाले महाधिवेशनको हलले गर्ने निर्णय नै अन्तिम हुने बताएका छन् भने सभापति शेरबहादुर देउवा सहभागी भए संकल्प सम्मेलनमा सीमित हुने पक्षधरहरू देखिएका छन्।
विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व चयन, नीतिगत परिवर्तन र संरचनात्मक सुधार मुख्य एजेन्डा बनाएका छन्। तर संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै सहभागी नहुन निर्देशन दिएको छ। यसले पार्टीभित्र अन्योल र मतभेद कायमै रहेको संकेत गरेको छ।






