काठमाडौं । भदौ २३ र २४ मा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको जाँच आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ।
आयोगका अनुसार आइतबार ओलीको बयान लिइएको हो। बयान लिखित रूपमा हो वा आयोगको टोली उनको निवासमै पुगेर लिएको हो भन्ने विषयमा औपचारिक विवरण सार्वजनिक गरिएको छैन।
तर स्रोतका अनुसार आयोगका सदस्यहरू भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर बयान संकलन गरेका हुन्। यसअघि ओलीले आयोगसमक्ष उपस्थित नहुने अभिव्यक्ति दिएका थिए।
आयोगले घटनासँग सम्बन्धित सबै पक्षसँग बयान लिँदै अनुसन्धान अघि बढाइरहेको जनाएको छ। ओलीको बयानलाई छानबिन प्रक्रियाको महत्वपूर्ण अंशका रूपमा हेरिएको छ।






