लिङ्गजो ख्रीष्टको मण्डलीको ३६ औँ स्थापना दिवसमा विशेष नियुक्ति कार्यक्रम सम्पन्न

धादिङ । रुवीभ्याली १ स्थित लिङ्गजो ख्रीष्टको मण्डली स्थापना भएको ३६ वर्ष पूरा भएको अवसरमा मण्डलीका गोठालोहरू, पास्टरहरू, एल्डरहरू, डिकनहरू, प्रचारकहरू तथा सम्पूर्ण विश्वासीहरूको उपस्थितिमा विशेष नियुक्ति कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

लब्दुङ्ग ख्रीष्टको मण्डलीका आगुवा पास्टर तथा डिकनहरूको अगुवाइमा सम्पन्न उक्त कार्यक्रम प्रार्थना, परमेश्वरको वचन र आत्मिक आशिषले भरिपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमले मण्डलीलाई अझ दृढ, संगठित र सेवामा समर्पित बनाउने विश्वास व्यक्त गरिएको छ।

लिङ्गजो ख्रीष्टको मण्डलीले हालसम्म धादिङबेशी, तनहुँ, काठमाडौँलगायत विभिन्न ५ स्थानमा नयाँ मण्डलीहरू स्थापना गरिसकेको स्थानीय पास्टर बि बहादुर तामाङ्ले जानकारी दिइएको छ।