धादिङ । नेपाली कम्युनिस्ट पार्टीकी प्रभावशाली नेतृ तथा बागमती प्रदेश कमिटी सदस्य सरला धमला आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सिफारिस गरेसँगै जिल्लाभर विशेषगरी महिला कार्यकर्ताहरूमा उत्साह देखिएको छ।
लामो समयदेखि पार्टीका विभिन्न जनवर्गीय संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर सक्रिय योगदान दिँदै आउनुभएकी धमला एक स्थापित सामाजिक अभियन्ता समेत हुनुहुन्छ। विशेषगरी महिला सशक्तीकरण, सामाजिक न्याय र समावेशी सहभागिताका क्षेत्रमा उहाँले पुर्याउँदै आएको योगदानका कारण पार्टीभित्र र बाहिर उहाँको छुट्टै पहिचान रहेको छ।
धमलाको सिफारिसलाई धादिङका आम महिला दिदीबहिनीहरूले सकारात्मक आशा र भरोसाको संकेतका रूपमा लिएका छन्। “भुइँ तहदेखि निरन्तर खटिने र महिलाका वास्तविक समस्या बुझ्ने नेतालाई पार्टीले अगाडि बढाउनु स्वागतयोग्य छ,” एक स्थानीय महिलाले प्रतिक्रिया दिनुभयो।






