हिमाली दृश्य र प्रेम भावनाले भरिएको ‘आई देउन’ गीत रिलिज (भिडियो सहित)

काठमाडौँ । नेपाली गीत–संगीतमा लोकप्रिय नाम बनाएकी गायिका जिग्मे छ्योकि घिसिङको मधुर आवाजमा तयार भएको नयाँ म्युजिक भिडियो ‘आई देउन’ सार्वजनिक भएको छ।
ल्हापसङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको यो गीत LMC Digital Media को युट्युब च्यानलमार्फत गत मंसिर १२ गते सार्वजनिक भएको हो।

गीतका शब्द र संगीत रोशन फ्युवाले तयार गरेका छन् भने संगीत संयोजन वङच्यु फ्युवाले गरेका हुन ।

रसुवा जिल्लाको ऐतिहासिक तथा प्राकृतिक आकर्षण बोकेको नागथली क्षेत्र वरपर छायांकन गरिएको भिडियोको निर्देशन र सम्पादन पनि रोशन फ्युबा तामाङकै रहेको छ।
उमेश शाहको क्यामेरामा कैद प्रेमभावपूर्ण कथामा कलाकार रमेश तामाङ र रन्जिता तामाङले नृत्य तथा अभिनय प्रस्तुत गरेका छन्।

भिडियोमा सपना मार्फत अदृश्य प्रेमको अनुभूति उजागर गरिएको छ। प्रेमले सिर्जना गर्ने रहस्य र वास्तविकता भेट्ने क्षणलाई रोचक ढंगले उतार्न खोजिएको छ।

सेताम्मे हिमाल, पहाड, शान्त वातावरण, र केरुङ आसपासका बस्ती तथा भू–दृश्यले भिडियोमा थप आकर्षण भरेको छ। दृश्य–शैली, अभिनय र संगीत समायोजनले भिडियोलाई मन छुने तथा भावनात्मक बनाएको छ।

गीतको भिडियो :