काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकको म्याद सकिएपछि देशभरबाट ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।
गत कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय निर्धारित गरिएकोमा अत्यधिक भीड र सरोकारवाला निकायहरूको मागपछि आयोगले मंसिर ५ गतेसम्मका लागि म्याद थपेको थियो। थपिएको अवधि भित्र बायोमेट्रिक प्रणालीमार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० जनाले नाम दर्ता गराएका आयोगले जनाएको छ।
यसैबीच आयोगमा नयाँ राजनीतिक दल दर्ता हुने क्रम निरन्तर जारी छ। शुक्रबारसम्म कुल १० नयाँ दल दर्ता भएका छन् भने अन्य २८ दल दर्ता प्रक्रियामा रहेका आयोगले जनाएको छ।
आगामी निर्वाचनका तयारीसँगै मतदाता सूची अद्यावधिकले जनताको सहभागिता अझै बढेको देखिएको आयोगको प्रारम्भिक मूल्यांकन छ।




























