निकोलस भुसाल गोरखाबाट पक्राउ

गोरखा । डा. निकोलस भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।

गोरखा जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक भरतबहादुर विकका अनुसार, भुसाललाई रानीवन क्षेत्रको सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरिएको हो।

उनका अनुसार भुसाल सोमबार गोरखा आएका थिए र विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, भुसाललाई थप अनुसन्धानका लागि काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको छ।