नेत्रावती सहकारीको स्थापना दिवसमा जेष्ठ सदस्य सम्मान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ । नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा जेष्ठ शेयर सदस्य सम्मान तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत जनन्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, सहकारी संस्थाको कार्यक्षेत्रभित्रका विद्यालयहरूबीच माध्यमिक तह (मा.वि.) स्तरको विस्तृत वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

उक्त प्रतियोगितामा महेन्द्रोदय माध्यमिक विद्यालयकी रितिशा बस्नेत प्रथम, सल्यानटार बाल विकास इङ्ग्लिस बोर्डिङ स्कूलकी सकिना खड्का दोस्रो, र अचने माध्यमिक विद्यालयकी एन्जल खड्का तेस्रो भएकी छन्।
त्यस्तै, कुण्डला माध्यमिक विद्यालयकी उर्वशी श्रेष्ठ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।