धादिङ । नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ स्थापना दिवस भोलि सोमबार (कार्तिक १७ गते) भव्य रूपमा मनाउने भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेमा रहेको यस सहकारीले सो अवसरमा आफ्नो कार्यक्षेत्र अन्तर्गतका विद्यालयहरूबीच माध्यमिक (मा.वि.) तहको बृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
सहकारीले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा त्रिपुरासुन्दरी गाउँपालिका, नेत्रावती गाउँपालिकाका वडा नं. ४ र ५, तथा नीलकण्ठ नगरपालिका वडा नं. १० र ११ अन्तर्गतका विद्यार्थीहरूको सहभागिता रहनेछ ।




























