धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–५ मा अवस्थित सल्यानकोट माध्यमिक विद्यालयले आफ्नो ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ साल कार्तिक २३ गते मनाउने भएको छ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख राजु उप्रेती प्रमुख अतिथि र उपाध्यक्ष देवराज धरेल विशेष अतिथिका रूपमा सहभागी हुने छन्।
विद्यालय परिवारले सम्पूर्ण अभिभावक लगायत सरोकार वालाहरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ।




























