काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा दुई नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीका रूपमा नियुक्त गरेका हुन्।
साथै, खगेन्द्र सुनार (श्रम) र गणपतिलाल श्रेष्ठ (भूमिसुधार) पनि सिफारिसमा परे पनि अन्तिम समयमा उनीहरूको नाम रोकिएको जनाएको छ।




























