आज यि स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

शुक्रबार देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमानमा उल्लेख गरिएको छ।

राति पनि ती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।