कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

काठमाडौं । नेपालसहित विश्वभर रहेका नेपाली र नेपाली भाषी समुदायले आज भाइटीका पर्व उल्लासपूर्वक मनाइरहेका छन्।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षका लागि विभिन्न देशमा भाइटीकाको उत्तम साइत फरक–फरक समय निर्धारण गरेको छ।

नेपालमा कात्तिक ६ गते (अक्टोबर २३) बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत परेको छ।
भारतको दिल्लीमा भने यही दिन ११ बजेर ५५ मिनेटमा टीका लगाउने शुभ साइत जुरिएको छ।

त्यस्तै, अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत परेको समितिले जनाएको छ।

नेपालीहरूको महान् पर्व तिहार अन्तर्गत दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै टीका लगाउने चलन छ।