नेवार समुदायले आज म्हः पूजा पर्व मनाउँदै

काठमाडौं । तिहारको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले म्हः पूजा अर्थात् आत्म–पूजा पर्व उत्साहका साथ मनाउँदै छन्।

धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म सन्तुष्ट राख्ने उद्देश्यले यो पूजा गरिन्छ। आत्म सन्तुष्ट हुन सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने धार्मिक विश्वास रहिआएको छ।

म्हः पूजा नेवारी समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्धित पर्व हो, जसमा व्यक्तिले आफ्नो आत्मालाई पूजा गरी आत्म–शुद्धि र सकारात्मक ऊर्जाको कामना गर्छन्।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, पनौती, धुलिखेल, बाह्रबिसे र चौतारालगायत नेवार बाहुल्य क्षेत्रहरूमा विशेष रुपमा मनाइँदैछ।