धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ द्वारा आयोजित “प्रथम वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता” आज सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा गंगा जमुना गाउँपालिका रातमाते स्थित सृजन सिल युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
त्यस्तै दोस्रो स्थान त्रिपुरासुन्दरी गाउँपालिका–४ निबुवाबोट क्लबले र तेस्रो स्थान जेन्जी क्लब, गंगा जमुना गाउँपालिकाले प्राप्त गरेका छन्।
बिजेताहरुले प्राप्त पुरस्कार विवरण
प्रथम पुरस्कार: खसी (साथमा ट्रफी, मेडल र प्रमाणपत्र)
दोस्रो पुरस्कार: बोका (साथमा ट्रफी, मेडल र प्रमाणपत्र)
तेस्रो पुरस्कार: सानो बोका (साथमा ट्रफी, मेडल र प्रमाणपत्र)
कार्यक्रमका प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल रहनु भएको थियो भने
विशेष अतिथिका रूपमा सोही वडाका अध्यक्ष कपिलदेव सिम्खडा हुनुहुन्थ्यो ।
प्रतियोगिता कार्तिक ३ गतेदेखि सुरु भई आज समापन गरिएको हो।
यस प्रतियोगितामा विभिन्न टिमहरूले उत्कृष्ट खेलकुद प्रदर्शन गर्दै युवाबीच खेल क्षेत्रको बिकास गर्दै, एकताको सन्देश फैलाएका छन् । समग्रमा, कार्यक्रमले गाउँस्तरमा खेलकुद प्रवर्द्धन र युवा सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।




























