रूबीभ्याली गाउँपालिका न्यायिक समितिको जिल्ला न्यायाधीशको नेतृत्व द्वारा अनुगमन

धादिङ । धादिङ जिल्ला अदालतका माननीय न्यायाधीश श्रीमान रामप्रसाद शर्मा ज्यु नेतृत्वमा रूबी भ्याली गाउँपालिकाको न्यायिक समितिको अनुगमन गरिएको छ।

अनुगमनको क्रममा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा न्यायिक संयोजकहरूको समेत उपस्थिति रहेको थियो।

सो अवसरमा गाउँपालिकास्तरीय न्यायिक कार्य, विवाद समाधान प्रक्रिया तथा नागरिकले न्याय सेवामा पहुँचका विषयमा छलफल गरिएको थियो।