अन्तर्राष्ट्रिय खबर । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्न दोहामा वार्तामा जुटेका छन्।
पाकिस्तानको टोली रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा छ भने अफगान टोली रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा दोहा पुगेको छ।
पछिल्ला हप्तामा सीमा क्षेत्रमा साना सशस्त्र झडपहरू भएकोले दुबै पक्षले पहिले ४८ घण्टे अस्थायी युद्धविराममा सहमति जनाएका थिए, जुन सकिसकेको छ।
वार्ताको मुख्य उद्देश्य यो अस्थायी युद्धविरामलाई दीर्घकालीन शान्ति व्यवस्थामा रूपान्तरण गर्नु, सीमा सुरक्षा र संचार संयन्त्रलाई मजबुत बनाउनु हो। विश्लेषकहरूले दोहामा हुने यो वार्ताले दुबै देशबीचको संवेदनशील सम्बन्धमा स्थायित्व ल्याउने वा नयाँ तनाव उत्पन्न गर्ने निर्णायक मोड बन्न सक्ने बताएका छन्।




























