रुवीभ्यालीको जलशक्ति हाइड्रोपावरको सडक निर्माणको क्रममा दुर्घटना हुँदा डोजर चालकको मृत्यु

धादिङ । रुवीभ्याली ४ मा निर्माणाधीन जलशक्ति हाइड्रोपावरको सडक निर्माण कार्यका क्रममा बिहीबार भएको दुर्घटनामा एक डोजर चालकको मृत्यु भएको छ।

गाउँ प्रहरीले जनाए अनुसार, बिहीबार बिहानै ब्लाष्टिङ गरिएको र सोही स्थानको आसपास स्काभेटर चलाउने क्रममा माथिबाट पहिरो खस्दा डोजर सहित चालक पुरिएका थिए। दुर्घटनामा परेका चालक प्युठान घर भएका हुन्।

बिहीबारदेखि नै खोजी कार्य सुरु गरिएको भए पनि शव आज (शुक्रबार) मात्र फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।