आरुघाटमा ‘जवान सम्मेलन’ कार्तिक ३ र ४ गते हुने

गोरखा आरुघाट । श्री हिमालयन आरुघाट बगैंचा चर्चमा आगामी कार्तिक ३ र ४ गते आयोजित हुने “जवान सम्मेलन २०८२” मा आराधना, वचन र आत्मिक शिक्षाको माध्यमबाट जवानहरूको आत्मिक वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ।

आयोजक रोमान्च भुजेलका अनुसार सबै जवान, सेवक तथा विश्वासीजनहरूलाई कार्तिक २ गते दिउँसो ३ बजे उपस्थित हुन हार्दिक निमन्त्रणा गरेका छन्। सम्मेलनमा प्रभुको उपस्थितिमा आशीषित समय बिताउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि रोमान्च भुजेल (९७६५४०६२७४) र जवान अध्यक्ष लक्ष्मण घले (९८६१८९६४२९) सँग सम्पर्क गर्न सकिने बताइएको छ।