पेर्चो देखि धादिङबेसी आउदै गरेको बोलेरो दुर्घटना अपडेट: १४ जना घाइते, ३ गम्भीर घाइते

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. १३ सेउली नजिकै शुक्रवार बिहान बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं. १ पेर्चोबाट धादिङबेसीतर्फ आउँदै गरेको गाडी नम्बर ग १ ज ६७५५, ब्रेक नलागेर पल्टिएको बताइएको छ।

घाइतेमध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने तीनजनाको अवस्था गम्भीर छ। दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए।