काठमाडौं । आज देशभर सामान्यतया बदली रहने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना बताएको छ।
विशेषगरी लुम्बिनीको तराई र बागमती तथा कर्णालीका पहाडी भागका केही क्षेत्रमा भारी वर्षा हुन सक्छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको चेतावनीसमेत दिएको छ।
आज राति पनि कोशी, गण्डकी र लुम्बिनीका पहाडी र तराई भू–भाग तथा मधेशका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ भन्ने पूर्वानुमान जारी छ। यात्रा गर्दा सावधानी अपनाउन विज्ञहरूले अनुरोध गरेका छन्।




























