धादिङ । आशिष को झरी आराधना झुण्ड लापा सायन मण्डलीको आयोजनामा रुवि भ्याली क्रिश्चियन युथ क्याम्प आगामी कार्तिक ९, १० र ११ गते लापा सायन मण्डली परिसरमा हुने भएको छ।
कार्यक्रमको मुख्य वक्ता Mount Moriah Church का Ps. Adrian Dewan हुनुहुनेछ। यस क्याम्पमा युवाहरूलाई आत्मिक जीवनमा प्रोत्साहित गर्ने उद्देश्यले आराधना, वचन, कार्यशाला, प्रार्थना, विविध गतिविधि र क्याम्पफायर कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।
कार्यक्रममा सहभागी हुन दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ।
आयोजक समितिले सो कार्यक्रमले युवाहरूलाई सकारात्मक संगति, आत्मिक उन्नति र समाजमा योगदान दिन प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।
थप जानकारी लागि सम्पर्क:
सुदिप तामाङ 9862116239
पत्रुस तामाङ 986624331




























