धादिङ । Ruby Valley Christian Youth Fellowship को आयोजनामा रुवी भ्याली क्रिश्चियन युथ क्याम्प आगामी २०८२ कार्तिक १० र ११ गते धादिङको रुवी भ्याली–५, लापा स्थित लापा सायन चर्चमा हुने भएको छ।
कार्यक्रममा Mount Moriah Church का Ps. Adrian Dewan वक्ता रहनेछन्। यस क्याम्पमा युवाहरूलाई आत्मिक जीवनमा प्रोत्साहित गर्ने उद्देश्यले आराधना, वचन, कार्यशाला, प्रार्थना, विभिन्न गतिविधि र क्याम्पफायर कार्यक्रमहरू समावेश हुने जनाइएको छ।
आयोजक समितिले सो कार्यक्रमले युवाहरूलाई संगति, आत्मिक उन्नति र समाजमा सकारात्मक योगदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।




























