काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यस परीक्षामा १ लाख ४३ हजार २५७ विद्यार्थी सहभागी भएका थिए। प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ विद्यार्थी सफल भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन्।
पूरक परीक्षा गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन भएको हो। गत वैशाखमा भएको वार्षिक एसईई परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड (NG)’ पाएका वा अनुपस्थित भएकालाई फेरि अध्ययन अवसर दिन पूरक परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ।




























