धादिङ । पाँच–छ दिनदेखि अवरुद्ध रहेको रुवीभ्यालीको मोबाइल नेटवर्क मर्मतका लागि नेपाल दुरसञ्चार प्राधिकरणको प्राविधिक टोली रुवीभ्याली–५ लापामा पुगेर मर्मत सम्पन्न गरेको छ।
लगातारको अवरुद्ध सेवाले स्थानीयवासीलाई सूचना–सञ्चारमा ठूलो कठिनाइ परेको बेला टोली घटनास्थल पुगेपछि मर्मत कार्य गरिएको हो। प्राधिकरणका अनुसार टावरमा ठूलो प्राविधिक समस्या नरहेकोले शीघ्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
चट्याङका कारण केही क्षति पुगे पनि अब नेटवर्क सामान्य अवस्थामा आउने प्राविधिक रमेश सापकोटाले जानकारी दिए।
मोबाइल सेवा पुनः सुचारु भए सगै स्थानीयवासीले संचारमा सहजता पाउने र दैनन्दिन जीवनमा राहत मिल्ने आशा गरिएको छ।






