धादिङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भाद्र २४ गते धादिङ आउनुहुने भएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न उहाँ धादिङ आउने कार्यक्रम तय भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।
पार्टी इन्चार्ज पुष्पबिक्रम मल्लका अनुसार प्रचण्ड भाद्र २३ गते गोरखाबाट सल्यानटार आइ बास बस्नेछन् । भोलिपल्ट (२४ गते) उहाँ पार्टी प्रशिक्षण तथा जनसंवाद कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
सो क्रममा प्रचण्डले सल्यानटार, खहरे, चरङ्गे हुँदै नेत्रावती डवजोङ–भर्याङभरुङलगायतका स्थानमा कार्यकर्ताहरूसँग भेटघाट गर्ने र त्यसपछि नुवाकोटतर्फ प्रस्थान गर्ने कार्यतालिका तय गरिएको बताइएको छ ।
जनजागरण अभियानमा प्रचण्डसँगै पार्टीका अन्य शीर्ष नेताहरू पनि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।




























