काठमाडौ । नेपाल सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि तीमध्ये आठ वटा कम्पनीहरूले सरकारसँग सम्पर्क गरेका छन्।
सञ्चार मन्त्रालयका अनुसार “हाम्रो पात्रो”ले दर्ता प्रक्रिया सुरु गरेर निष्क्रिय हुनबाट जोगिएको छ। त्यस्तै, मेटा (फेसबुक, इन्स्टाग्राम, मेसेंजर, व्हाट्सएप, थ्रेड्स), ट्विटर (एक्स) र वीच्याटले समेत सूचीकरणका लागि सरकारसँग सम्पर्क गरेका छन्।
तर, युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, क्वोरा, टम्बलर, क्लबहाउस, लाइन, इमो लगायतका अन्य सामाजिक सञ्जाल अझै सम्पर्कमा आएका छैनन्।
मन्त्रालयले जनाएको छ— दर्ता प्रक्रिया पूरा गर्ने कम्पनीलाई नेपालमा सञ्चालन गर्न दिनेछ।




























