दशैको अवसरमा खनियाबास २ झार्लाङमा फुटबल प्रतियोगिता: प्रथमलाई १ लाख पुरस्कार

धादिङ । विजया दशमीको पावन अवसरमा झार्लाङ लप्साङकर्पो सिङल्हा युवा समाजले पहिलो पटक इतिहासिक खुल्ला साविक वडास्तरी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक समाजका अध्यक्ष सुनिल तामाङका अनुसार प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्ने तयारी तीव्र रूपमा भइरहेको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि खनियाबास–२, कोखिम खेल मैदानमा सुरु हुने जनाइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले रु. १० हजार दर्ता शुल्क बुझाउनु पर्नेछ ।

पुरस्कार विवरण
प्रथम हुने टिमलाई रु. १ लाख
दोस्रो हुने टिमलाई रु. ५५ हजार
तेस्रो हुने टिमलाई रु. ३० हजार
चौथो हुने टिमलाई रु. १५ हजार प्रदान गरिनेछ ।

यससँगै स्थानिय संस्कृति झल्काउने उद्देश्यले गोरु जुधाइ कार्यक्रम पनि आयोजना गरिने बताइएको छ । आयोजकले यस प्रतियोगिताले स्थानीय युवा बीच एकता र परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।