धादिङ । मानव बेचबिखन विरुद्धको १९औँ राष्ट्रिय दिवसको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा शुक्रबार सचेतना र्याली सम्पन्न भएको छ।
“मानव बेचबिखन रोक्न सबैको प्रतिवद्धता आवश्यक” भन्ने मुख्य नारासहित आयोजित र्यालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी, वडा अध्यक्ष, कर्मचारीहरु लगायत सर्वसाधारण नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो।
र्यालीका सहभागीहरुले मानव बेचबिखन रोकथामका लागि सामूहिक प्रतिवद्धता आवश्यक रहेको संदेश जनसमुदायमा प्रवाह गरेका थिए।






