सेर्तुङमा दशैको अवसरमा फुटबल सहित वाण र छ्यलो प्रतियोगिता हुने

धादिङ । रूबी भ्याली गाउँपालिकाको ३ सेर्तुङमा यस वर्षको विजया दशमीको अवसरमा परम्परागत खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
गणेश हिमाल अध्ययन केन्द्रको आयोजनामा हुने कार्यक्रममा वाण (तीर हान्ने प्रतियोगिता), छ्यलो (सर्ट्पुट) र फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ ।
स्थानीय परम्परा, संस्कृति र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

साथै, स्थानीय लोकप्रिय म्हेन्दोमाया कलाकारहरूको प्रस्तुति सहित विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएका छन् ।