खनियाबास गाउँपालिकाले काठमाडौं र धादिङ बेसीमा  भत्ता नवीकरण शिविर गर्दै

धादिङ । खनियाबास गाउँपालिकाले काठमाडौं र धादिङबेसीमा बसोबास गर्ने सेवाग्राहीलाई लक्षित गर्दै बायोमेट्रिक बिधि बाट सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार तोकिएको ६० दिनको अवधिभित्र नवीकरण नगरेमा लाभग्राहीको भत्ता रोक्का हुने भएकाले लाभग्राहीहरूलाई तोकिएको स्थानमा उपस्थित भई समयमै नवीकरण गर्न अनुरोध गरिएको छ।

नवीकरणका लागि निर्धारण गरिएको मिति, स्थान र समय यसप्रकार छन्:

1. धादिङबेसी
मिति: २०८२ भदौ १९ गते
स्थान: आर्के गेस्ट हाउसको सभाहल
समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजे सम्म

2. काठमाडौं
मिति: २०८२ भदौ २० गते
स्थान: स्काई पार्टी प्यालेस, सामाखुसी चोक
समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजे सम्म

यस क्रममा नुवाकोट, त्रिशुलीमा बसोबास गर्ने सेवाग्राहीहरूले काठमाडौंस्थित शिविरमा सम्पर्क गर्नुपर्ने जनाएको छ।

सम्पर्क व्यक्ति:

वडा अध्यक्ष/प्रवक्ता लिलामान तामाङ (फोन: ९८४०१६६४३२)
सामाजिक विकास अधिकृत दुर्गा बहादुर शाही (फोन: ९८५११५०५४६)